एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय,दिनेश डिसि बोर्डको अध्यक्ष



काठमाडौँ । सरकारले गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो।

तेस्तै मन्त्रिपरिषद् बैठकले चलचित्र बिकाश बोर्डको अध्यक्ष दिनेश डिसिलाइ बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ९ : २३ बजे