काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परसूचक नेप्से ५३.६३ अंक घटेर २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ५३.६३ अंक घटेको हो ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडको मात्र कारोबार भउको हो ।
आइतबार २०९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनी सेयर मूल्य स्थिर छ । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।
आइतबार बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।











