काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरु रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खाजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।
सरकारले विगतका गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिनपरेको पीडितहरुको गुनासो छ ।