काठमाडौँ । अर्थ मन्त्रालयले किसानको पैसा तिर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ।
किसानको बक्यौता भुक्तानी गर्न ६० करोड रुपैयाँ ऋण दिन डीडीसीलाई भुक्तानी गर्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिन अर्थ सहमत भएको हो।
डीडीसीबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानी माग गर्दै आएका छन्।
किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, डीडीसीका अधिकारीबीच पटकपटक छलफल भएको थियो।
सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान र निजी डेरी उद्योगले दूधको भुक्तानी नदिएपछि देशभरका किसान आन्दोलित छन्।