बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घट्यो, कारोबार रकममा गिरावट



काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ ।

नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ ।यस दिन १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिद–बिक्री भएको छ ।

९० अंकले बजार घट्दा सम्पूर्ण उपसूचक समूह राताम्मे देखिएका छन् । बुधबार फाइनान्स समूह ५।१५ प्रतिशत, होटेल तथा पर्यटन समूह ४।४७ प्रतिशत, अन्य समूह ३।७८ प्रतिशत, लगानी समूहले ३।५६ प्रतिशत सेयर मूल्य गुमाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : २९ बजे