काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ ।
बिहीबार नौ अर्ब ६५ करोड रुपैयाँमा दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुदा सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य दश प्रतिशत र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.९१ रुपैयाँले घटेको छ ।
बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।