नेप्से ५५ अंकले घटेर २६४६ अंकमा,कारोबार पनि खुम्चियो



काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ ।आज कारोबार रकम पनि घटेको छ ।

आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।

सोमबार दिन २२ कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ८.९८ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : २७ बजे