उपत्यका नछाड्न सांसदहरुलाई कांग्रेसको ह्विप



२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान ह्विप जारी गरेको छ ।कांग्रेसले सांसदहरुलाई ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान सूचना पठाईसकेको बताइएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पठाएको सूचना सांसदहरुले पाईसकेको कांग्रेसका एक सांसदले जानकारि दिए ।

यसअघि बुधबारै पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानामगरमाथि प्रश्न उठेकाले राजीनामा दिन आग्रह गरेको थियो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने र कांग्रेस संसदीय दलले आधिकारिक धारणा बनाउने समेत निर्णय भएको बताएका थिए।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : २० बजे