मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय



‍काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, ‘जम्मा दुईवटा निर्णय गरेका छौं, जसमा निर्वाचन आयोगको सिफारिसमा स्थानिय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको छ , त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौं , संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानिय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका छौं । ’

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : २३ बजे