काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ ।