काठमाडौं । बुधबार ४९ अंकले बढेर शेयर बजारमा उत्साह छाएको नेप्से साताको अन्तिम कारोबार दिनमा भने भारी मात्रामा गिरावट आएको छ ।
बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६ को विन्दुमा पुगेको हो । कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ : २४ बजे २५४१ अंकसम्म पुग्यो ।
३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोडको भयो ।
आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस दिन चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० रुपैयाँ बराबरको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बजार घटे पनि विन नेपाल लघुवित्त, बोतलर्स नेपाल बालाजु एसबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, एनएमबि डिबेन्चर लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे ।











