काठमाडौँ । बिहीबार रातिदेखि लगातार परेको वर्षा आज मध्याह्नपछि सामान्य सुधार हुदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज मध्याह्नपछि मौसममा सामान्य सुधार हुदै जाने विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिइन् ।
‘मौसम पुरै सुधार त हुँदैन । सामान्य सुधार हुने देखिएको छ,’ उनले भनिन्, ‘तर भोलिसम्म हल्का वर्षाको सम्भावना देखिएको छ ।’ उनका अनुसार भोलि मध्याह्नपछि मात्रै मौसममा पुरै सुधार आउनेछ । आज बेलुकाबाट बर्षा केहि कम हुने सम्भावना छ ।
वर्षाका कारण अहिले देशैभर जनजीवन प्रभावित बनेको छ ।बंगालको खाडीबाट उत्पन्न भएको न्युनचापीय प्रणाली भारतको मध्येप्रदेश हुँदै नेपाल भित्र प्रवेश गरेपछि सामान्यभन्दा बढी वर्षा भएको हो ।