काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, ७२ भने जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन् ।
देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ ।










