सिमकोट– जिल्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालीका(२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका(६ का ६ वर्षीय बालक अभिषेक बुढा छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको थियो।
मृतक परियार दसैँ मनाउन सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए।














