लुम्बिनीका प्रदेश प्रमुख घर्तीले फिर्ता गरे २ विधेयक



काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुईवटा विधेयक राय–सुझावसहित प्रदेशसभामा फिर्ता पठाएका छन् ।

उनले पुनर्विचारका लागि भन्दै प्रदेशसभामा विधेयक फिर्ता गरेका हुन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएका हुन् ।

प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार  ७ : १५ बजे