लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए सपथ



काठमाडौँ– लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना (बर्दिया), देवकरण कलवार (पश्चिम नवलपरासी), र जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल (बाँके) लाई मन्त्री नियुक्त गरेका हुन्।

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण, र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा गराए।

कार्यक्रममा मुख्यमन्त्री आचार्य, कांग्रेस नेता डिल्लीबहादुर चौधरीलगायत अन्य नेताहरूको उपस्थिति थियो।

तीन नयाँ मन्त्री थपिएसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  १० : ०४ बजे