श्रीलंकाविरुद्ध फराकिलो जित,नेपाल सेमिफाइनलमा



काठमाडौँ( नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा फराकिलो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाइ ६ गोलले हराएको हो।

नेपालकी रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर र सावित्रा भण्डारीले समान एकएक गोल थपे।

खेलको आठौं मिनेटमा नेपालकी सवित्राको पासमा सविता रानामगरले गोल गरिन्। १२औं मिनेटमा सवित्राले अग्रता दोब्बर गरिन्। एक मिनेट नबित्दै रेखाले गोल थपिन्।

२७ औँ मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्।

दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले गोल थपेको थियो भने इन्ज्युरी टाइममा पनि थप एक गोल गरेको थियो।

यो जितसँगै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेर सेमिफाइनल पुगेको हो।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ८ : ४९ बजे