एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स



काठमाडौं । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाकालेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्धभएका छन् ।

यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिनेसबैभन्दा ठूलो विदेशी नाम बनेका छन् ।एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबलश्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगकोलागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन् ।

रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अबसम्हाल्नेछन् ।सञ्चालक श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं ।उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ ।

युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।’ रोड्स, जसले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन् ।क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा उनले जारी राखेका छन्। पोखराको मेन्टरमानियुक्त भएपछि रोड्सले भने, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु । अब म मेरोसीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोगगरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु।’ उनले उद्देश्यअनुसार जान सकिएखेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिएका छन् ।

रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटोप्रशिक्षण दिएका थिए। हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन्।पोकहरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्धगरिसकेको छ । जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुनेनिश्चित छ ।

उनी पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगकोसुरुवातको संकेत मानिएको छ। रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने रयुवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ । रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनेछन् ।

उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्वगरेका छन् । उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन्। रोड्सले विभिन्न राष्ट्रिय टिम र आईपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहेका छन् ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  १ : ३१ बजे