काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।










