सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन



काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्।

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।

यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १२ : २० बजे