नेप्सेमा झिनो अंकको वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार



काठमाडौं । नेप्से परिसूचक झिनो अंकले बढेको छ । अन्तिम समयमा सम्हालिँदा मंगलबार नेप्से ०.९४ अंकले वृद्धि भएर बन्द भएको हो ।

आज ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ ।

आज माइक्रोफाइनान्स ०.०१, अन्य ०.०६ प्रतिशत बढे । बैंकिङ ०.३७, विकास बैंक ०.४५, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.५१, लगानी ०.२३, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.५०, निर्जीवन बीमा ०.०६ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  ३ : ४१ बजे