काठमाडौं । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव धार्मिक विधिपूर्वक सुरु भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।
पछिल्लो समय काठमाडौंमा पनि धुमभामका साथ छट मनाउने गरिन्छ । काठमाडौंको कमलपोखरी गौरिघाट लगायतका नदि किनार र पोखरिहरुमा छठको तयारी गरिएको छ ।








