काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि कानुनी प्रक्रिया अनुसार अनुसन्धानको अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउँदै छानबिन गरी कारबाही गर्न आग्रह गरेका हुन् ।
गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै कुनै कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नमिल्ने महामन्त्री थापाको भनाँइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छु कानुनी शासनको मान्यता यही हो।कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’