मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ ।

आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।

प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०३ बजे