कोसी प्रदेशका पूर्वमन्त्री लिलावल्लभ अधिकारी पक्राउ



काठमाडौं । कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । विराटनगरमा पकउ परेका उनलाई अनुसन्धानको लागि काठमाडौँ ल्याइँदै छ ।उनलाई मानव तस्करीको आरोप लागेको छ ।

कात्तिक २१ गते बुधबार मात्र उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

प्रदेश मन्त्रिपरिषद् र संघ सरकारको अनुमति बेगर नै जापान गएको र अरु व्यक्तिलाई पनि पैसा लिएर जापान लगेको विषय सार्वजनिक भएपछि अधिकारीले बुधबार राजीनामा दिएका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ४९ बजे