काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद दिएको छ ।
मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनलाइ आजै पक्राउ गरि काठमाडौ ल्याइएको थियो ।
उनलाइ उनको पार्टी एमालेले पनि पार्टी सदस्यबाट निलम्बन गरिसकेको छ ।