उपनिर्वाचनमा एमाले र कांग्रेससँग सहकार्य नगर्ने माओवादीको निर्णय



काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा एमाले र कांग्रेससँग सहकार्य नगर्ने निर्णय गरेको छ।

समाजवादी मोर्चामा जोडिएका दलसँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।

सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो।

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन्।

२०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ। हाल यो मोर्चा निष्कृयसमेत छ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कांग्रेस(एमालेसँग सहकार्य नहुने बताए।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ०६ बजे