रुपन्देही । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा विमानस्थलमा पुगेका छन्।
बुद्ध एयरको विमानमार्फत उनलाई भैरहवा लागिएको हो ।
भैरहवा विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताले रविको पक्राउविरुद्ध प्रदर्शन गरिरहेका छन्।
सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई मंगलबार कास्कीको पोखराबाट भैरहवा लगिएको हो ।