कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो बयान



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बयान लिएको छ ।

सीआईबीले बुधबार गुरुङलाई कार्यालयमा बोलाएर सहकारी ठगी प्रकरणमा बयान लिएको हो ।

उनीसँग सीआईबीले ५ घण्टाभन्दा बढी समय बयान लिएको छ ।

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको विषयमा गुरुङलाई सीआईबीले बयान लिएको हो ।

धनराज गुरुङ र उनीकी श्रीमतीबीच सम्बन्धविच्छेद भइसकेको छ ।धनराजकी पूर्व श्रीमती ज्योति हाल फरार छिन् ।

गुरुङकि पूर्व श्रीमती ज्योतिविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ ।

ज्योति गुरुङले मितेरी सहकारीबाट अपचलन गरेको १४ करोडभन्दा बढी दायित्वबाट उम्किन सम्बन्ध विच्छेद गरेको धनराज गुरुङमाथि आरोप लागेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार  ६ : ३५ बजे