गण्डकी प्रदेशकी सांसद गौचनको निधन



काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराती नै निधन भएको हो ।


डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।


उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : १३ बजे