धार्मिक संघ–संस्थालाई समन्वय गर्न गोष्ठी सम्पन्न



काठमाडौं, ३० कात्तिक । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यले आयोजित हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

योगी नरहरिनाथ टेष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रवार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रमनेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो ।

स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा। गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्ति मार्फत परिषद्ले अपिल समेत गरेको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार  ८ : ०२ बजे