कांग्रेसको आकस्मिक बैठक बस्दै, ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित हुने



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

सोमबार पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए ।

बैठक बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने छ ।

प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार  ९ : ३१ बजे