प्रधानमन्त्री ओलीबाट पूर्वसभामुुख ढुुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्वसभामुुख दमननाथ ढुुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।

ढुुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुुष्पगुुच्छाबाट सम्मान गरेका हुन् ।

श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व भएको बताए ।

प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाए । ढुुङ्गानाले देखाउनुुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताए ।

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ०४ बजे