काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन् ।
सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन् ।
उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन् । दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय ठान्छु मैले ।’
साथै उनले नेपाली जनताले देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको ढुंगानाको योगदानलाई सधैं सम्झिने बताए ।