शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन दलहरुबिच विश्वासको संकट हट्नुपर्छ : नेता सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले शान्ति प्रक्रियामा सामेल दलहरु एक भएरै बाँकी प्रक्रियालाई टुंगुमा पुर्याउनु पर्ने बताएका छन।

मंगलबार त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले काठमाडौंमा गरेको ञशान्ति प्रक्रिया विगत र वर्तमानझ अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन त्यसबेलाका दलहरुबाट विश्वासको संकट हट्नु पर्ने बताए ।

ञत्यसबेला सातदलको तर्फबाट गिरिजाबाबुले र माओवादीका तर्फबाट प्रचण्डजीले हस्ताक्षर गर्नुभएको थियो, त्यसबेला यी दुई शक्तिबीचमा उच्च तहको विश्वास थियो, अहिले सात दलको हिस्सा कांग्रेस र एमालेसँग छ, टुटफूट भएर छरिए पनि माओवादीको हिस्सा नेकपा माओवादी केन्द्रसँग छ, मुख्य दल मिलेरै शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनु पर्छ,झ नेता सिटौलाले भने।

सिटौलाले दलहरुका बिचमा विश्वासको संकत रहेको भन्दै शान्ति प्रक्रियासँग जोडिएका मुलभुत विषयमा दलहरु एक भएर अघि बढ्नु पर्ने बताए।

ञमुल दलहरुका बिचमा विश्वासको संकट छ, शान्ति प्रक्रियाको मुलभुत बिषयमा दलहरु एक भएर मिलेरै अघि बढ्नु पर्छ, नभए द्वन्द्व पीडितले झन दुस्ख पौने कुरा निश्चित छ,झ सिटौलाले अघि भने।

उनले दलीय स्वार्थ भन्दा माथी उठेर राजनीतिक दल तथा दलका नेताहरुले काम गर्नु पर्ने समेत बताए।

ञराजनीति दलहरु दल भन्दा माथी उठन सकेका छैनन, दलका नेताहरु दलीय स्वार्थ भन्दा माथी उठ्न सकेका छैनन, निश्वार्थ भावनाले दलहरुले केही न केही कम्परमाइज गरेरै फ्लेक्जिबिलिटीका साथ अघि बढ्नु पर्छ,झ उनले भने।

सिटौलाले लोकतन्त्र, गणतन्त्र र शान्तीको आधारशिला अहिलेको संविधान रहेकाले अझै धेरै काम बाँकी रहेको र ती काम पूरा भए मात्र कन्फ्लिक्ट को म्यानेजमेन्ट हुने बताए।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : १५ बजे