विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलले गरे निशुल्क बाल क्यान्सर उपचार सेवाको सुभारम्भ



काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निशुल्क सेवाको उद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले निशुल्क बाल क्यान्सर उपचार सेवाकोे सुभारम्भ गरेका हुन् ।

उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए । अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए ।

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पताल भन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ७ : ४२ बजे