काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन्।
ग्रेटर नेपालको कार्यालयबाट उनलाई भद्रकाली लगिएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो।
नेपालले हिजो प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए।
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ।
भारतीय सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन्।