काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) लाई व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको उक्त रिट अन्नतः आजपनि हेर्न नभ्याइनेमा परेको हो ।
एमालेले उक्त १० रोपनी १४ आना जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त विवादमा सर्वोच्चले दान पाएको जग्गामा तत्काल काम नथाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।
त्यसपछि उक्त रिट सुनुवाइको लागि पेशी चढेपनि पटक–पटक हेर्न नभ्याइनेमा पर्दैै आएको छ ।










