काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा एमाले नेताहरुको लगानी प्रमाणित गर्नेलाई त्यसको डबल दान दिने उद्घोष गरेका छन् ।
शुक्रबार एमालेले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन् ।
उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गर्दै एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए ।
महासचिव पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य केपी ओलीले गरेको दाबी गर्दै जस भने अरुले नै लिएको दाबी गरे । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने ।
लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्दै पोखरेलले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’