काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
उनको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ । छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै ‘फेक’ कागजात सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थिथो ।














