प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा



काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला सचिव अधिकारीले राजीनामा दिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष स्वास्थ्यलाई कारण देखाउँदै अधिकारीले राजीनामा दिएका हुन्।

अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

अधिकारी असार १७ गते सचिव नियुक्त भएका थिए।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ३५ बजे