काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ।
आइतबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
दुर्गाका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै शुक्रबार सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
उक्त रिट आइतबार दर्ता भएर शर्माको इजलासमा पेसी तोकिएको थियो। इजलासले विपक्षीको नाममा कारण देखाउआदेश समेत जारी गरेको छ।
निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौँ जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए।
साइबर अपराधको कसुरमा सीआईबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषणलाई भिडियो बनाए समाजिक सञ्जालमा अपलोड गरेका थिए।