मंगलबार सेयर बजार ३३.४१ अंकले बढेर २७ सय माथि



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ३३.४१ अंक बढेको छ । आज मंगलबार नेप्से परिसूचक १.२४ प्रतिशत वृद्धि भएर २७१६.६६ विन्दुमा बन्द भएको हो ।

मंगलबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भएको छ ।

सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेको छ ।

२११ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । एउटाको सेयर मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : मंसिर ११, २०८१ मंगलबार  ३ : ३७ बजे