बीआरआईबारे निर्णय लिन कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु



काठमाडौं । चिनियाँ सहयोग परियोजना (बीआरआईबारे )निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुबचि बैठक सुरु भएको छ ।सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरुले बैठक गरिरहेका छन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।

प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ११ : ०० बजे