बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिलको आज बसेको बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १ : ११ बजे