जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो ।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका छन् । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : २९ बजे