काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आज आयोगले माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका महर्जनसहित स्वतन्त्र उम्मेदवार राजमान मानव, काठमाडौं १६ मा वडाध्यक्षका उम्मेदवार रास्वपाकी रेजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनबहादुर मानन्धर, शम साक्य र पशुपति कठायतलाई स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।