कीर्तिपुरको मतगणना आजबाटै सुरु गर्ने तयारी



काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदको मतगणना आजबाटै सुरु हुने भएको छ।

२० ठाउँमा तोकिएका ३८ मतदान केन्द्रमा जारी मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको हो।

कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालका अनुसार कीर्तिपुर नगरपालिकाको हलमा मतगणना हुनेछ।

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजारभन्दा बढी मत खसेको छ।

कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि पनि मतदान भइरहेको छ।

नगर प्रमुखका लागि २० जना उम्मेदवार छन्।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ४ : ३२ बजे