दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका धनसिंह कुँवर विजयी



दार्चुलाः स्थानीय तहको उपनिर्वाचनमा दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् ।

कुँवरले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत हात पारेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ५९ बजे