कीर्तिपुरमा एमालेभन्दा ३३५ मतले कांग्रेस अघि



काठमाडौँ । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।

जारी मतगणनाको पछिल्लो अपडेटअनुसार १ हजार ३१३ सहित कांग्रेसका कृष्णमान डङ्गोलले अग्रता बनाएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन्। मानन्धर र डंगोलको फरक ३३५ मत हो।

यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्। राजमानला धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले समर्थन गरेका छन्। राजमानका चुनावी कार्यक्रममा साम्पाङले सक्रिय सहभागिता जनाएका थिए। उनले केही स्वतन्त्र उम्मेदवारलाई पनि राजमानको पक्षमा ल्याउन सहयोग गरेका थिए।

प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार  ११ : २१ बजे